काठमाडौं: सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचरको पहिचान बनाएको)का अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
मंगलबार राति ईश्वरपुर नगरपालिका-९ खोरिया टोल नजिकैको पुल नजिकै दुर्घटनामा परेर २९ वर्षीय अनुसन्धान अधिकृत वसन्त साहको निधन भएको हो।
ड्युटी सकेर मलङ्गवाबाट घर फर्कँदै गरेको अवस्थामा साह सवार प्रदेश २–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिए।
Facebook Comments Box