काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै अपहरण गरेर होटल होलि डे इनमा लगेर बन्दी बनाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।
सोमवार खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी होटल होलि डे इनमा लगि कुटपिट गरेको भन्दै मण्डेलले प्रहरीमा उजुरी दिएका हुन् ।
पत्रकारलाई अपहरण गरी कुटपिट गरेको उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका थिए । पत्रकार कुटेको घटना सार्वजनिक भएसँगै खड्का भने रास्वपाबाट निलम्बनमा परेका छन् ।
Facebook Comments Box