धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्कासँग जवाफ मागिएको छ। महेन्द्रनगरपोष्टले खड्काको विषयलाई लिएर समाचार प्रकाशित गरेपछि सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले खड्कासँग जवाफ माग गरेका हुन्।
सचिव ढकालले खड्कासँग जवाफ माग गरिएको जानकारी दिए। यसअघि महेन्द्रनगरपोष्टले प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रमा व्यापक मनोमानी रहेको विषयमा समाचार प्रकाशित गरेको थियो।
जसमा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतसमेत रहेका प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रका प्रमुख (हाकिम) हेमराज खड्काले मनोमानी गरेको कुरा समावेश थियो।
र, यो पनिः
Facebook Comments Box