कैलालीः कैलालीको धनगढीस्थित त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिनलाई पुनः सञ्चालनमा ल्याउन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्देशन दिएको छ ।
बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकपछि समिति उपसचिव शिवदत्त बरालले त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिनलाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।
तरकारीको विषादी परीक्षण गर्दै आएको उक्त क्वारेन्टिन तीन हप्तादेखि बन्द हुँदा खाद्यान्न, फलफूल र तरकारीको आयात–निर्यात समेत ठप्प छ ।
Facebook Comments Box