काठमाडौंः एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङलले आश्रमकी गण्डकी प्रदेश संयोजक मुना लामालाई आर्थिक सहायतास्वरुप पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बताइएको छ। खालिङले बैंकको सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने बताए।
उनले यस्ता निस्वार्थ भावनाले मन छुने तथा परोपकारी कार्य गर्ने संघसंस्थासँग भविष्यमा समेत हातेमालो गर्दै अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। आश्रमकी गण्डकी प्रदेश संयोजक लामाले बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसबाट आश्रित सम्पूर्ण मानवहरुलाई अझ सुलभ सेवा लाभ हुने बताइन्।
स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइको रहेको एभरेष्ट बैंकबाट हालसम्म १३ लाखभन्दा बढी ग्राहक सन्तुष्ट भएको जानकारी दिइएको छ। आफ्ना १२७ शाखा, तीन एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १६२ वटा एटीएमसहित बैंकले विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनको निम्ति ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।