काठमाडौँ: नेपाल प्रहरीमा सञ्चारतर्फ विभिन्न पदका पाँच सय ९० जना कर्मचारीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आगामी असोज १ गतेदेखि लागु हुने गरी पाँच सय ९० जना कर्मचारीको सरुवा गरेको हो ।
जसमा ५३ जना नायब निरीक्षक (सई), सहायक निरीक्षक (असई) तर्फ एक सय २२, वरिष्ठ हवल्दार ७४, हवल्दार दुई सय ५२ जना र सहायक हवल्दार ८९ जना सरुवा भएका छन् ।
Facebook Comments Box