डोटीः डोटीको एक विद्यालयमा तोडफोड गरिएको छ । जिल्लाको सायल गाउँपालिका–२ ग्वानीस्थित जनज्योेती आधारभूत विद्यालयमा बिहीवार तोडफोड गरिएको हो ।
रातिको समयमा अज्ञात व्यक्तिले विद्यालयको ताला तोडी कार्यालयभित्र रहेका विभिन्न कागजात समेत च्यातेर यत्रतत्र फालिएको वडा अध्यक्ष मानबहादुर सिंहले बताए ।
विद्यालयका केही सामग्री अज्ञात व्यक्तिले लगेर पनि गएको बताइएको छ । घटनाबारे बुझ्न प्रहरी टोली विद्यालय क्षेत्रमा गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए ।
Facebook Comments Box