काठमाडौं : एसीसी एसिया कप क्रिकेटको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन श्रीलंकाले भारतविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। श्रीलंकाको आर प्रेमदासा स्टेडियममा टस जितेर श्रीलंकाले ब्याटिङ रोजेको हो।
भारतविरुद्ध पहिले ब्याटिङ गरिरहेको श्रीलंकाले खराब सुरुवात गरेको छ। ७ ओभरको खेल सकिँदा श्रीलंकाले १७ रन बनाएर ६ विकेट गुमाएको छ।
श्रीलंकाका पथुम निसानका दुइ रन बनाएर आउट भए भने कुसल परेरा, सदीरा समरविक्रमा, चरित असालान्का र दासुन शानकाले रनको खाता नै खोल्न सकेनन्। धनन्जय डी सिल्भा ४ रनमा आउट भए।
भारतका लागि मोहम्मद सिराजले ५ विकेट लिएका छन् भने जसप्रित बुमराहले एक विकेट लिएका छन्।
Facebook Comments Box