सप्तरी: सप्तरीमा पोखरीमा डुबेर बालकको ज्यान गएको छ। सुनसरीको कोशी गाउँपालिका ५ दूधगतका बिन्देश्वर यादवको ८ वर्षीय छोरा आशीष कुमार यादवको डुबेर ज्यान गएको हो।
सप्तरीको राजबिराज नगरपालिका वडा नम्बर ९ मलेठमा आफन्तको घरमा आएका बालक घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका थिए.
उपचारका लागि बालकलाई राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ।
Facebook Comments Box