डडेल्धुराः जिल्ला कारागार डडेल्धुराबाट ७ जना कैदीबन्दी रिहा भएका छन्।
संविधान दिवसको अवसर पारेर उनीहरुलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका जेलेर जितेन्द्र ओझाले जानकारी दिए। असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका कैदीबन्दीलाई रिहा गरिएको उनको भनाइ छ।
कर्तव्य ज्यान मुद्वाका २, बहुविवाहका २ तथा गर्भपतन, हातहतियार खरखजना र ज्यान मार्ने उद्योगका एक÷एक कैदीबन्दीलाई रिहा गरिएको ओझाले बताए।
Facebook Comments Box