कञ्चनपुरः कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला हातपात भएपछि आकस्मिक बाहेकका सेवा ठप्प भएको छ।
अस्पातलमा कार्यरत स्वास्थ्यकर्मीले एक विज्ञप्ती जारी गर्दे आकस्मिक बाहेकका सेवा ठप्प गरेको जानकारी दिएका हुन्। आन्दोलित स्वास्थ्यकर्मीले दोषीलाई कारबाही गर्नुको साटो उल्टो पीडितमाथि झन पीडा दिने काम गरेको भन्दै रुष्ट बनेका छन्।
विज्ञप्तीमा भनिएको छ, ‘मिति २०८० असोज २ गते राति १२ बजे यस श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र, बेलौरी, कन्चनपुरमा मादक पदार्थ सेवन गरि साइकल वाट लडी सामान्य चोट लागेको र निधारमा घाउ भएकोले रात्रिकालिन डिउटीमा रहेका अहेव नरेन्द्र प्रसाद गैरेले निजको उपचारमा टाका लगाउनुपर्छ भनि बिरामीलाई भनेर टाका लगाउन प्रा.स्वा. केन्द्रमा Catgut रहेको र Catgut कमजोर भई टुट्न सक्ने भएकाले सिलाउने धागो (Thread_) दुई तीन दिनदेखी सार्वजनिक विदा भएकाले सकिएको र स्टोर राति नखुल्ने भएकाले निज उपचारमा खटिएका अ.हे.व नरेन्द्र गैरेले आफैले पैसा दिएर सिलाउने धागो (Thread) मागाई काम गर्दै गरेको अवस्थामा बेलौरी नगरपालिका ३ गोकुलपुरको रामु भनी चिनिने कपाल चुल्ठो गरेको रामबहादुर खड्का व्यक्ति मादक पदार्थ सेवन गरि केही समयपछि आएर किन धागो नभएको धागो छैन भने राजिनामा दे किन काम गरिराछस् भन्दै अभद्र व्यवहार, गालि, अपमान, हातपात, कुटपिट गरि के गर्न सक्छस् गर भनेर पटक पटक हातपात हाल्ने आएको र हातपात गर्दा समेत प्रहरी मुख दर्शक भएको कुनै प्रतिक्रिया नगरेको र इलाका प्रहरी निरिक्षक लाई राति नै जानकारी गराएको तर खासै प्रतिक्रिया नगरेकोले आज विहान ७ बजे पीडितले निवेदन दिन जाँदा प्रहरी निरिक्षकले व्याटमिन्टन खेल्दै गरेर कुरा पनि नसुनि तपाईंलाई त्यसै पिट्छ त्यसै त पिटेन होला भनेर कुनै पनि चित्त बुज्दो कुरा नगरि उल्टै पीडा थपन्ने काम गरेको पीडक अहिलेसम्म प्रकाउ नगरेको र पीडितलाई झन पीडा दिने काम गरेकोले यथाशिघ्र दोसिलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न सम्वन्धित पक्षलाई जोडदार माग गर्दछौं।’
आन्दोलित स्वास्थ्यकर्मीले कारबाही नभएसम्म असोज ४ गतेदेखी आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवाहरु संचालन नहुने समेत जानकारी दिएको छ। ‘सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं। घाइते स्वास्थ्यकर्मीलाई शीघ्र स्वास्थ्य लाभको कामना,’ विज्ञप्तीमा भनिएको छ।
सम्बन्धित समाचार