काठमाडौं : नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदेश भ्रमणका क्रममा नेपालको संसद्बाट पारित नक्शाबारे कुरा नउठाएकोप्रति प्रश्न गरेका छन्।
सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता रावलले प्रश्न गरेका छन्, ‘आफ्नो संसद्बाट पारित नक्शाबारे संयुक्त राष्ट्रसंघ जस्तो सबै देशको अन्तर्राष्ट्रिय संस्था तथा चीन जस्तो छिमेकी देशलाई जानकारी गराउनु प्रधानमन्त्रीको कर्तव्य हो कि होइन ?’
उनले लेखेका छन्, ‘संसदबाट पारित लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश भएको नेपालको नक्शाबारे प्रधानमन्त्री प्रचण्डले भारत, राष्ट्रसंघ र चीन भ्रमणमा उठाएको कहीँ सुनिएन। के यो नेपालको सार्वभौम अखण्डताप्रति वेवास्ता होइन ? उक्त नक्शालाई मान्यता नदिएको भनी अरू देशविरूद्ध जुलुश गर्नेहरू आफ्नै प्रमंले चुइँक्क नबोलेपछि के गर्दा रहेछन्, हेर्नुछ।’