अछाम : देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा यहाँ पनि विरोध गरिएको छ ।
जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरुले विरोधस्वरुप आज प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेेका हुन्।
स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै उनीहरुले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न मागगरेका हुन्।
जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रविकुमार यादवले माग पूरा नभएसम्म आकस्मिकबाहेकका सबै सेवा ठप्प रहने बताए का छन्। रासस
Facebook Comments Box