काडमाडौं : नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवका छोराको विवाह सम्पन्न भएको छ । डा. प्रकाश सीको आज उनकै निवास कपिलवस्तुको शिवगढीमा विवाह भएको बताइएको छ ।
डा. प्रकाशको विवाह डा.मान्यता सीसँग भएको हो । उनीहरुको प्रगतिशील विवाह भएको कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यकताले जानकारी दिएका छन् ।
विवाह समारोहपछि सोही स्थानमा पाल टाँगेर आमन्त्रितलाई भोजन गराइएको थियो । तर, उनीहरुको अर्को एउटा फोटोमा प्रगतिशील विवाह भनिए पनि विवाहस्थलको साजसज्जा निकै महँगो देखिन्छ ।
Facebook Comments Box