काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गर्ने भएको छ।
प्रधानमन्त्री प्रचण्डले अहिले केही बेरमा संसद्मा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई छलफलका लागि बालुवाटार बोलाएका छन्।
चाडपर्वको मुखमा महँगीको मार थोपरिएको भन्दै रास्वपाले सर्वदलीय बैठक बहिष्कार गर्ने रास्वपाका सभापति रवि लामिछानेले फेसबुक स्ट्याटसमार्फत् बताएका छन्।
‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मारपर्ने गरी सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं,’ उनले भनेका छन्।
सुन तस्करी जाँचबुझका लागि उच्चस्तरीय आयोग बनाउनेलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बताइएको छ।
Facebook Comments Box