काडमाडौंः प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भर्खरै बैठक थालिएको जनाइएको छ।
बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउदको उपस्थिति पनि छ। त्यसैगरी, प्रधानसेनापति प्रभुराम शर्मा, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याललगायत पनि बैठकमा सहभागी छन्।
प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री,गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने व्यवस्था छ।
Facebook Comments Box