दार्चुलाः दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको नौगाड गाउँपालिकामा खर काट्ने क्रममा नौगाड–१ दल्याडकी ३२ वर्षीया रेवती ठगुन्ना भीरबाट शुक्रवार लडेर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ। मृतक ठगुन्नाका श्रीमान्, दुई छोरा र दुई छोरी छन्।
Facebook Comments Box