धनगढी: धनगढीमा राष्ट्रिय युवा संघ नेपालले सरसफाइ गरेको छ। युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीका विभिन्न स्थानमा सरसफाइ गरेको हो।
हिजो र आज (शुक्रबार) धनगढीमा युवा संघले सरसफाइ गरेको प्रदेश अध्यक्ष अरुण कुँवरले जानकारी दिए। उनका अनुसार धनगढीका विभिन्न स्थानमा लगाइका पर्चा, पम्पलेट, झण्डा, ब्यानरसहितका सामाग्री हटाइएको हो। यो सरसफाइ अभियान अझै जारी रहने बताइएको छ।
एमालेको आज सम्पन्न प्रदेश अधिवेशनका लागि सहिदगेट लगायतका क्षेत्रमा पार्टीले प्रचार सामाग्री लगाइएको थियो।
Facebook Comments Box