धनगढी: प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ पर्सि धनगढी आउने भएका छन्। २९ गते समाजवादी मोर्चाको भेला सम्बोधनका लागि प्रचण्ड धनगढी आउन लागेका हुन्।
प्रचण्ड भोलि नेपालगन्जसम्म हवाइजहाजमा र त्यहाँबाट सडकमार्ग हुँदै गाडीमा धनगढी आउने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनायो।
यसअघि २ पटक मोर्चाको सन्देश सभा तथा भेला स्थगित भएको थियो।
एकपटक एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद उत्पन्न भएपछि सभा अनिश्चितकालका लागि स्थगित भएकोमा पछि एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण अर्कोपटक भेला स्थगित भएको थियो।
Facebook Comments Box