काठमाडौं : आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा सोमबार अष्ट्रेलिया र श्रीलंका भिड्दैछन्।
भारतको लखनऊमा दिउँसो सवा २ बजे शुरु हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन्। दुवै टोलीले शुरुवाती दुई खेलमा हार व्यहोरेकाले आजको खेल महत्त्वपूर्ण छ।
भारत र दक्षिण अफ्रिकासँगको खेल हारेको अष्ट्रेलिया अंक तालिकाको अन्तिम स्थानमा छ। यस्तै दक्षिण अफ्रिका र पाकिस्तानसँग पराजित भएको श्रीलंका आठौँ स्थानमा छ।
यी दुई टोलीबीच भएका पछिल्ला पाँचवटा एक दिवसीय खेलमा तीन खेल श्रीलंकाले जित्दाअष्ट्रेलिया दुई खेलमा विजयी भएको छ । यसअघि गएरातिको खेलमा अफगानिस्तानले इङ्ल्याण्डलाई ६९ रनले हराएको थियो ।
Facebook Comments Box