कैलालीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय र सुशासनमा सरकार दृढ रहेको बताएका छन्। माओवादी नेता कृष्ण बढुवाल (महेश) को श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्
बडुवाल सुदूर पश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन्। निमोनिया बाट ग्रसित बढुवालको असोज १० गते भारत उपचारका लागी लैजाने क्रममा निधन भएको थियो।
आज प्रधानमन्त्री प्रचण्ड बढुवालको स्मृतिमा आयोजित शोक सभामा पुगेका थिए। उनले सामाजिक न्याय र सुशासनका काम गर्दै महेश जस्ता योद्धाहरूको सपना पूरा गर्ने लक्ष्यमा सरकार रहेको बताए।
समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन् प्रधानमन्त्री आज कैलाली आएका हुन् । धनगढीमा सन्देश सभा हुनु अघि प्रधानमन्त्री लम्की चुहा नगरपालिका पुगेका थिए ।
Facebook Comments Box