काठमाडौं : करण केसीको घातक बलिङमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ। त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको हो ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो।
उसको सुरुवात नै निकै खराब रह्यो। १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ बनाए।
दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए। हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २÷/२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए।
Facebook Comments Box