काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्किएका छन् । राष्ट्र बैंकमा हाजिर हुन पुगेका अधिकारीलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसंगै गभर्नर अधिकारी नियमित काममा फर्कएका हुन् । काममा फर्किएपछि उनले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले आदलत जान बाध्य भएको बताए ।
उनले आफूले व्यवसायिक ढंगले काम गर्ने र पूर्वाग्रह नराख्ने बताए । राष्ट्र बैंकको सरकारको आर्थिक सल्लाहकार भएको भन्दै उनले आफूले ‘बायस’ भएर काम नगर्ने दोहोर्याए
अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई असहयोग गरेकोसहित विभिन्न गम्भीर आरोपहरु लगाएर अधिकारीलाई निलम्बन गराएका थिए ।
Facebook Comments Box