कैलाली: कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
जिल्लाको बर्दगोरीया गाउँपालिका–६ का दीपक मल्लका ६ वर्षीय छोरा दिपसन मल्ल र सोही ठाउँका योगेन्द्र मल्लका ७ वर्षीय छोरा आयुष मल्लको बिहीवार साँझ नदीमा डुबेर मृत्यु भएको हो।
उनीहरु साँझ ५ः३० बजे बर्दगोरीया गाउँपालिका–६ स्थित काँडा नदीमा नुहाउन गएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरिक्षक विरबहादुर विकले जानकारी दिए।
विकका अनुसार उनीहरुको शव नदीमा पानी जमेको गहिरो भागमा भेटिएको थियो। मृतकका शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ।
Facebook Comments Box