काठमाडौं : संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते भएका छन् इजरायलसँगको सीमावर्ती दक्षिणी लेबनानमा गोली लागेर ती सैनिक घाइते भएका हुन्।
दक्षिणी लेबनानमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएका ती नेपाली शान्ति सैनिक घाइते भएको लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।
समाचारमा जनाइएअनुसार नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको छ। घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन। उनको अवस्थामा भने सामान्य रहेको समाचारमा उल्लेख छ।
Facebook Comments Box