डोटी : अक्टोबर ७ मा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका डोटीका दुई युवाको सोमबार दाह संस्कार गरिएको छ ।
डोटीको आदर्श गाउँपालिका-५ पीडका पदम थापाको आदर्शको तलारास्थित सेती नदी किनारमा दाह संस्कार गरिएको हो । पदमलाई उनका काका कटक थापाले दागबत्ती दिए ।
यस्तै शिखर नगरपालिका-६ चुँडीका राजन फुलाराको सोही वडाको अडेउलस्थित सेती नदीमा दाह संस्कार गरिएको हो । फुलारालाई उनका बुवा घनश्यामले दागबत्ती दिएका थिए ।
दुवै युवाको शव आइतबार डोटी आइपुगेको थियो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको टीकापुर कृषि क्याम्पसमा स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत थापा र फुलारा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत भदौ २६ गते इजरायल पुगेका थिए ।
Facebook Comments Box