धनगढी : अभियन्ता तारा बरालसँग बिहे गर्ने कागज गरेका नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द अभियान्ता तारा बरालसँग लगातार विष वमन गर्दैछन्।
बैतडी घर भएका चन्दले सामाजिक सञ्जाल फेसबुकमा लगातार स्टाटस लेखिरहेको छन्। आज मात्रै फेसबुकमा चन्दले लेखेका छन्, ‘तारा बराल र मनोज मानव एउटै, रेकर्ड सेभ छ।’
‘त्यो ल्याप्चेको बारेमा त्यो कुनै लिगल डकुनेन्ट होइन्–१, नझुक्किनु होला, यहकका फोकटका मान्छे फेसबुक पोष्ट क्या गजब छ,’ उनले फेसबुकमै लेखेका छन्।
चन्द त्यत्तिकैमा रोकीएका छैनन् उनले त्योभन्दा अगाडि अर्को स्टाटस लेखेका छन्। उनले लेखेका छन्, ‘तारा बराल ज्यू, के मैले मेरो सारा कार्यक्रम तपाईंबाट अनुमोदन गराएर मात्र यात्रामा जाने हो र ? म त आफ्नो निर्धारित कार्यक्रम अनुसारै हिँडेको छु, मैले भाग्ने, लुक्ने कुनै कारण छैन्, बोल्न पाए भनेर सामाजिक अभियन्ता हुँु भन्ने मान्छेले जे पनि भन्दै हिँड्नु, अनर्गल कुरा गरी रहनु कत्तिको जायज नाजायज के हो ?आम दाजुभाई दिदी बहिनीहरूले बुझ्नु हुनेछ। तपाइको समस्या मसंग हो वा आम नेपालीहरूसँग? मेरो त्यसै बेइज्जत गर्दै यो सामाजिक संजाल नै न धमिल्याई दिनु होला मेरो हार्दिक अनुरोध।’
त्यसपछि पनि चन्दले थुप्रै स्टाटस लेखेका छन्।
पूर्वएआईजी चन्दसँग बिहे गर्ने सहमतिपछि फसादमा बराल, सामाजिक सञ्जालमै आरोपप्रत्यारोप
अभियान्ता बरालले पनि फेसबुकबाटै जवाफ दिइरहेकी छन्।उनले अन्तिम पत्र भन्दै लेखेकी छन्, ‘सर कृपया २/३ वटा न्युज मेटाउने योजनाले उल्टै सञ्जालमा हजार पोष्ट र न्युज नथपौँ। अब विषय बन्दहोस्। मैले केका लागी हजुरसँग त्यस्तो मरिहत्ते गर्नुछ र? कसैले पत्याउला ? हजुरका पोष्ट र अभिव्यक्तिले मलाई नबोलौंभन्दा पनि सोध्नेलाई दिनहुँ जवाफ दिन बाद्य बनायो र झनै ताण्डव थपिदै गइरहेकोछ। यो विषयले नेपाली समाजमा हजुरलाई भन्दा म एक्लो र निर्दोष नारीलाई सयगुणा बढी बेइज्जत र चोट पुर्याएकोछ। कारण हजुर हो, तर पनि म हजुरको सम्मान स्वरुप नअताल्लिकन,नरिसाई धैर्य गरेर बाँचिरहेकीछु त! म कहाँबाट कहाँ पुर्याइएँ अनि हजुर रुन सुहाउँने कि म रुनुपर्ने सोच्नुस् त ? मेरो यो धैर्यता हजुरको वास्तविक अवस्था नबुझेर भौतिक रुपमा नभेटिन्जेललाई आक्रामक रुपमा हामीजस्ता मानिस प्रस्तुत हुन सुहाउँदैन भनेर मात्रै सहेको हो, डराएकी त पटक्कै छुइन्। हजुरले यसरी बोल्दै हिँड्न पटक्कै सुहाउँदैन कहाँ हुनुहुन्छ। त्यो कागज लगेर जलाउँनुस्। केही नसोची एक्कासी अन्दधुन्द गरिएको कागज त्यसलाई मान्यता दिनु नपरेमा म नै धेरै खुशी हुनेछु। अनि हजुरलाई कसले त्यो कागज लेख्न,लागु गर्न वाद्य बनाएकोछ र यो सञ्जालमा एकोहोरो चिच्याहट ? यस्तो नसुहाउने प्रतिकृया जति बढी गर्यो त्यति आफ्नै कमजोरी बढी रहेछ भनेर देखिन्छ, देखिइरहेको छ। खुशीको कुरा विगतमा हाम्रो केही नजिकपन थिएन भन्ने प्रमाणित गरिदिनुभयो। त्यसपछि मलाई साह्रै खुसी लागेकोछ। तर, अभिव्यक्ति अलि बढी पो भैसक्यो कि सोचिदिनुस्। इज्जत किनेर पाइन्न, फर्किन्न भन्ने बुझ्नुपर्यो। हजुरको पुडासैनी जस्तै सुन्निएको अनुहार र फुलेका आँखा रुप र सम्पर्क बिहीनताले कसैको कब्जा, दवावबाट वच्न पो कब्जाबीच यसरी लेख्नु, बोल्नु भएको हो कि जस्तो झल्किन्छ। हजुरका शत्रु धेरै बलिया, सिपालु, नाटक रचनाकार छन्। हजुरले यस विषयमा ‘मलाई धम्की आयो’ भनेदेखि कल काटिएको थियो। यहाँ हजुरको रुप नियाल्दा रवि काण्डमा मर्ने बेला दवावमा पुडासैनीले बोलेजस्तो आँखा फुलेको, अनुहार सुन्निएको तनावग्रस्त अवस्थामा जस्तो देखिएकोछ। कसैको दवावमा नपरी हजुर यसरी फेसबुकमा बढी कहिल्यै लेख्नु हुन्न थियो। हजुरलाई अनुमति बिना हिड्यो कसले भन्यो र हिँड्न हजुर स्वतन्त्र, एक्लो मान्छे हो। जतासुकै जानुस्, जोसुकैसँग हिँड्नुस् मलाई चाहिँ मतलव छैन। विगतमा एउटा नकारात्मक कमेन्ट आएपछि पोष्ट डिलिट गर्नुहुन्थ्यो। तर, अहिलेको फेसबुक वाल देख्दा त आफैँ फेसबुक चलाएर यसरी आफैँ गालीले नजल्नुपर्ने जस्तो देख्छु म त। हजुर कसैको दवावरहित सही अवस्थामा भएमा त्यही जाबो कागजले चाहिँ यति उग्र तमासा नदेखाउनुपर्ने हो। हजुर जस्तो पढेलेखेको, कानुन बुझेको व्यक्तिले एक्कासी जताततै रोइकराइ गर्नुको सट्टा बरु त्यसलाई मान्यता नदिने है भनेर मसँग एकपटक गोप्य सल्लाह गर्नुपर्ने हैन र? मै धेरै अप्ठेरोमा छु वाव खुसी हुने थिएँ त। त्यो मेरा दवावले गर्न सक्ने काम पनि हैन। मलाई मतलव पनि छैन, कानुनले नै छानविन गरेमा पनि म गलत छुइन तर फेसबुक पोष्टले त सही गलत प्रमाणित नगर्ला त। अब यो तमासा बढि बच्चापन भयो। अति भयो। हजुर कस्तो अवस्थामा यो गरिरहनुभएकोछ मलाई थाहा भएन तर झनै बदनाम थपिइरहेकोले कहीँँ कसैको कब्जाबाट बच्न या खुसीले यो गरिरहनुभाछ ? अब त बुझ्नैपर्यो। नरिसाउँनुस् यसरी लगातार सञ्जाल दुर्गन्धित पारेर फाइदा के थपियो, आफैँ लेख्दा त फेसबुकमा आरोप केसम्म लेख्ने हो हजुरले सोच्नैपर्ने हो। अब म कानुनसम्मत एउटा निवेदन गरेर हजुरका पोष्ट र वास्तविक अवस्था खोजी गराउँनेछु। अनुहार देख्दा डरलाग्दो भएकोछ कसैको दवावमा भए पनि उद्दार हुनेछ स्वतन्त्र नै भएमा हजुर भौतिक रुपमा उपस्थित भएर ती आरोपको खण्डन गरि कागज जलाउँनुस्। मलाई दण्डमा लानुस् सकिगयो नि तर अब यस्तो कसैले नपत्याउँने पन सुहाएन है! आफ्नो निर्णय गर्नुस्, मलाई त त्यो कागज चाहिनै चाहिँदैन। लागू नभएको त धेरै आनन्द हुनेछ अनि मसँग चाहीँ केही सल्लाह नै नगरी जताततै के को यत्रो होहल्ला ? हामीले यसो गरेर समाजलाई के पढाउँदैछौँ? सलाईको काँटीले जंगल जलिसक्यो यस्तो मलाई त पचेन हजुरलाई चाहिँ सुहाउँछ त? हजुरहरुका कारण मलाई अनावश्यक सुनियोजित भिडाइएका भगवानलाई थाहा छ।’
त्यसैमा थप्दै उनले लेखेकी छन्, ‘विगतका मुद्दा म एक्लै लड्नेछु। नगरी नभएपछि म जस्ताले भुसुनासँगको जित हैन अब बलियै शत्रु तह लाउने हो। पटकपटक बदनाम कमाउने, फसाउने फुस्रा सहयोग पनि चाहिँदैन, आस्वासन पनि नदिनुस्। विगतमा पनि कुनै प्रकारको सहयोग लिएको पनि कहिल्यै थिएन, अब लिने पनि छुइन। ढुक्क रहनुस्, व्यस्त रहनुस्,मस्त रहनुस्।’
ताराले गरिन् बैतडीका पूर्व एआइजी रणबहादुरसँग बिहे गर्न सहमति
बैतडी घर भएका चन्द र बरालबीच केही दिन अगाडि बिहे गर्ने सहमति भएको कागज सामाजिक सञ्जालबाटै सार्वजनिक भएको थियो। तर, चन्दले भने त्यो कागजमा आफ्नो नाम हालिएको र त्यो लिगल डकुमेन्ट नभएको जिकिर गरेका छन्।
त्यसदिनदेखी चन्द र बरालबीच सामाजिक सञ्जालमा आरोपप्रत्यारोप चलिरको छ।