बैतडी : बालिकामाथि कुकर्म गरेको आरोपमा बैतडीमा एक बालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक रहेका छन्।
पक्राउ परेका ती बालकले ८ वर्षीया बालिकामाथि कुकर्म गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
शुक्रबार बाख्रा चराउन जंगलमा गएका बेला नाबालिकालाई कुकम गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Facebook Comments Box