काठमाडौं : नेपाल प्रहरी अस्पतालले नर्स माग गरेको छ। आज सूचना प्रकाशित गर्दै अस्पतालले २० जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको हो।
अस्पतालको आन्तरिक कल्याण कोषबाट प्रहरी नायब निरीक्षक वा सो सरहको पारिश्रमिक दिने गरी २० जना स्टाफ नर्स ६ महिनाको लागि चाहिएको जनाइएको छ।
योग्यता पुगेका इच्छुकले यही मंसिर १२ गतेभित्र आवेदन दिनुपर्नेछ । दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्ने बताइएको छ।
त्यस्तै, त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी मान्यता प्राप्त अस्पतालमा कम्तीमा एक वर्ष काम गरेको अनुभवको प्रमाणपत्र पनि अनिवार्य पेश गर्नुपर्नेछ।
Facebook Comments Box