काठमाडौं : नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै सचेत गराएको छ।
यस्ता माध्यमबाट प्रतिबन्धित सामाजिक सञ्जाल टिकटकको प्रयोग भइरहेको भन्दै ब्युरोले व्यक्तिगत तथा बैंकिङ विवरण चोरी हुन सक्ने जनाएको छ।
‘भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पुर्याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,’ ब्युरोले मंगलबार जारी गरेको सूचनामा भनिएको छ।
Facebook Comments Box