कञ्चनपुर : सशस्त्र प्रहरीले कञ्चनपुरको सीमावर्ती क्षेत्रबाट झण्डै चार लाख बराबरको अवैध समान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले भीमदत्त नगरपालिका–१० चौकीसाता सीमावर्ती क्षेत्रबाट भन्सार चोरीछलीका अवैध समान बरामद गरेको हो।
सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गण मातहत रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी इन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक सुदन आचार्य नेतृत्वको टोलीले चौकीसाता क्षेत्रबाट भन्सार छलीको अवैध समान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
शसस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति प्रेम बहादुर रावलले भारतबाट चोरी तस्करी गरेर भन्सार छलेर समान नेपाल भित्र्राउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीका डिएसपी आचार्य नेतृत्वको टोलीले उक्त समान बरामद गरेको बताए। उनका अनुसार ३ लाख, ९७ हजार ९ सय बराबरको भन्सार छलीको समान बरामद गरेर भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको छ।