काठमाडाैं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछ। आज हुने पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्स खेल्नेछन्। यो खेल दिउँसो एक बजे दशरथ रङ्गशालामा शुरु हुनेछ।
झापा पहिलो खेलमा स्पोटिङ इलामसँग पराजित भएको थियो। पोखराले पहिलो खेलमा चितवनलाई हराएको थियो भने दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो।
त्यस्तै, आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको धनगढी र दोस्रो स्थानमा रहेको ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ।
यो खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा नै हुनेछ। धनगढीले पहिलो खेलमा वीरगञ्जलाई र दोस्रो खेलमा बुटवल लुम्बिनीलाई हराएको थियो।
त्यस्तै, ललितपुरले पहिलो खेलमा बुटवल लुम्बिनीलाई हराएको थियो भने दोस्रो खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो।
Facebook Comments Box