काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्किँदै छन्।
दुवईमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलन (कोप–२८) मा सहभागी भइ प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किन लागेका हुन्।
शनिबार उनले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनको कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्यप्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवं हानिकारक असर भोगिरहेको बताएका थिए।
Facebook Comments Box