काठमाडौं : नेपाली बजारमा आज सुन तोलाको ८ सयले बढेको छ। सुनको भाउ बढेपनि चाँदीको मूल्य स्थिर रहेको छ।
आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको फेरी नयाँ रेकर्ड कायम गरेको छ।
आज छापावाला सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
त्यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यता, चाँदीको मूल्य आज स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments Box