काठमाडौं : धादिङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।
धुनिवेशी नगरपालिका-४ जीवनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। उनीमाथि आफ्नी २० वर्षीया श्रीमती पवित्रा बयलकोटीको हत्या गरेको आरोप छ।
सोही नगरपालिका-१ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरी रामचन्द्र भागेका थिए।
इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जीवनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो।
उनी धुनिवेशी नगरपालिका-७ खानीखोला बजारमा फेला परेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।
Facebook Comments Box