धनगढी : कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका–३ का २९ वर्षीय प्रहलाद खत्री र २५ वर्षीय विकास कट्टेल रहेका छन्।
विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट सादा पोषाकमा खटिएको प्रहरीले उनीहरूलाई सोमबार गोदावरी नगरपालिका–१ बरपिपल गल्लीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
दुबै जनाको साथबाट ५ ग्राम २५० मिलिग्राम लागूऔषध खैरो हिरोईन फेला पारी बरामद गरेको कैलाली प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box