बैतडी : गत असोजमा बेपत्ता भएकी बैतडीको सुर्नया गाउँपालिकाकी कल्पना महराको शव भेटिएको छ।
सुर्नया गाउँपालिका ८ घर भएकी २० वर्षीया महराको शव सोही वडाको कैलपाल सामुदायिक वनभित्र फेला परेको हो।
असोज २५ गते घरबाट गोठालो गएकी कल्पनाको स्थानीय तथा प्रहरीले खोजी गरिरहेका थिए। कल्पना रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बुधबार कल्पनाको शव फेला परेको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box