धनगढी: कैलालीको धनगढीमा ‘साग सेन्टर’ सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा पत्रकार महेश बडूले शनिवारदेखि ‘साग सेन्टर’ सञ्चालनमा ल्याएका हुन् ।
उनका अनुसार फरक सोच र ताजा तरकारीसहित ‘साग सेन्टर’को सुरुवात गरिएको हो । पछिल्लो समय तरकारी स्वस्थ नहुने र आफूले ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर सधैँ स्वस्थ तरकारी बिक्री गर्ने उनको दाबी छ ।
दुई लाखको लगानीमा सञ्चालन गरिएको सेन्टरबाट सुदूरपश्चिमका पहाडी जिल्लामा उत्पादन हुने टिमुर, मह, तरकारी, चुक, भटमास लगाएकोसमेत बिक्री वितरण गर्ने उनले बताए ।
Facebook Comments Box