काठमाडौं : काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानका क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ।
तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज आइतवार बिहान ९ः३१ मा काठमाडौंबाट १ हजार १२६ केजी सामान लिएर उडेको थियो।
जहाजमा क्याप्टेन अमृत गुरुङ र दुई यात्रु रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
उक्त जहाज लुक्लामा अवतरण गरिसकेपछि एमर्जेन्सी एक्जिटको अगाडिको सिसा झरेको देखिएको बताइएको छ।
Facebook Comments Box