काठमाडौं : जिपको गेयरबक्समा सुन राखेर ओसार्दै गरेको अवस्थामा पक्राउ परेका तीन जना नेपालीपछि एक जना चिनियाँ समातिएका छन् ।
रसुवाको केरुङ नाका हुँदै भन्सार छलेर सुन तस्करी गर्दै काठमाडौं ल्याउने क्रममा गत बिहीबार थानकोटमा दुई केजी सुन फेला परेको थियो ।
प्रहरीले काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको जिपको गेयर बक्समा दुई किलो सुन भेट्टाएको थियो । लगत्तै तीन जना नेपालीलाई पक्राउ गरे पनि चिनियाँ नागरिक भागेका थिए ।
भोलिपल्ट पक्राउ परेका चिनियाँ नागरिक २७ वर्षे चेन चिवीलाई प्रहरी परिसर टेकू पुर्याइएको छ । उनी काठमाडौंको सोह्रखुट्टेमा बस्दै आएको प्रहरीको भनाई छ ।
Facebook Comments Box