धनगढीः धनगढीमा लागुऔषधसहित डोटीका दुई युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ को त्रिनगर पोष्ट अगाडीबाट १३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित डोटीको केआईसिंह गाउँपालिका–१ बस्ने २० वर्षीय निश्चल शाही र केआईसिंह गाउँपालिका–२ का २१ वर्षीय मनोज रावल आइतबार दिउँसो पक्राउ परेका हुन्।
भारतबाट नेपालतर्फ आउदै गरेको अबस्थामा प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट खैरो हेरोइन फेला पारी दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
Facebook Comments Box