काठमाडौं : नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्रीकी छोरी गंगा दाहालमाथि लगाइएको आरोपको छानबिन गर्न माग गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी दाहाललाई जोडेर लगाइका आरोपको छानबिन गर्नुपर्ने माग गरेको हो ।
प्रधानमन्त्रीको परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाईप्रति घ्यानाकर्षण जनाएको विज्ञप्तिमा उल्लेख छ ।
अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीले जारी गरेको विज्ञप्तिमा छानबिनको दायरामा ल्याई दोषी ठहर भए उनीउपर कानूनबमोजिम कडाभन्दा कडा कारबाही प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।
कार्यवाहक अध्यक्ष गोविन्द गिरीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाईप्रति घ्यानाकर्षण जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘शक्तिको आडमा छानविन तथा अनुसन्धान प्रकृया अगाडि नबढाए र यस्ता गतिविधी उपर मुकदर्शक बनिरहे अनेरास्ववियु भ्रष्टाचार, अनियमितता र कमिसनतन्त्रको भण्डाफोर गर्दै सरकारविरुद्ध कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरू गर्न वाध्य हुनेछ । पुनश्चः देशको खस्किदो अर्थतन्त्र तथा आम जनताको राजनीति र सरकार प्रति दिनानुदिन बढ्दो वितृष्णाको बीचमा सिंहदरबार र बालुवाटारमा बसेर यस्ता गतिविधीहरू नगर्न र नगराउन अनेरास्ववियु चेतावनी दिन चाहन्छ ।’