धनगढीः कैलालीको धनगढीमा बालिका करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका– २ की ११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मंसिर २० गतेको घटना भए पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमबार मात्र जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए।
Facebook Comments Box