डडेल्धुराः डडेल्धुराको बागबजारबाट लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।
जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट २०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित अमरगढी नगरपालिका–१ का एक किशोर पक्राउ परेका हुन्।
उनी नाबालक भएकोले प्रहरीले उनको परिचय खुलाएको छैन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी शनिवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता कुसुम नायकले जानकारी दिए।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
Facebook Comments Box