कञ्चनपुरः कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर स्थित पूर्व पश्चिम राजमार्गमा म १ ख ९३५ नम्बरको बसले सुदुरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाईकललाई आइतवार बिहान ठक्कर दिएको हो।
बसको ठक्करबाट मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएकी भागरथीको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भागरथीका श्रीमान शिवराज अवस्थी र १३ वर्षीय बालक बालकृष्ण अवस्थी उपचार पश्चात डिस्चार्ज भएका छन्।
बस चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
Facebook Comments Box