धनगढी : कैलालीको चुरे गाउँपालिकाले सिमामा बोर्ड लगाएको छ। चुरेले गौरीगंगा नगरपालिकासँग जोडिएका सिमामा बोर्ड लगाएको हो।
चुरे गाउँपालिका– ४ को सिमाक्षेत्रका विषयमा गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाबीच विगतदेखी नै विवाद रहदै आएको थियो।
उक्त वडामा रहेका खोलानालाहरुबाट गौरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्दै आएको थियो।
खोलानालाहरुबाट अवैध रुपमा हस्तक्षेपकारी ढंगले गौरीगंगाले नदीजन्य पदार्थ उत्खनन गरीरहेको र त्यसले चुरे क्षेत्रको दोहन तथा भुक्षय भई बस्ती विनास हुने समस्या आउन सक्ने भन्दै चुरे गाउँपालिकाले सर्वोच्च अदालतमा मुद्धा समेत दायर गरेको थियो।
उक्त मुद्दा हेर्दै अदालतले गत वर्ष पुष ४ गते चुरे गाउँपालिकाको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिएको थियो। सोही आदेश पश्चात चुरे गाउँपालिका- ४ को सिमाक्षेत्रमा बोर्ड लगाउने कार्य गरेको गाउँपालिका कार्यालयले जनाएको छ।