रामेछाप: रामेछापमा एक शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेका छन्।
लिखुतामाकोशी गाउँपालिका –७ स्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्कीले कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको बताइएको छ।
यौन दुव्र्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शिक्षक सार्कीले गत मंसिर २७ गते दिउँसोको समयमा विद्यालय बाहिरको एउटा घरमा परीक्षाका लागि तयार पारिएको प्रश्नपत्र देखाउने भन्दै बोलाएका थिए।
सोही क्रममा उनले छात्रामाथि यौन दुर्व्यवहार गरेका हुन्। छात्राले शिक्षक सार्कीले आफूमाथि यौन दुर्व्यहार गरेको जनाउँदै उजुरी हालेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।
Facebook Comments Box