काठमाडौं : नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको पत्र काटेको छ।
निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका छन्।
पोखरेल र यादव नक्कली कागजातका आधारमा कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा गत मंसिर १९ गते पक्राउ परेका थिए।
प्रहरीले आज पोखरेल र यादव पक्राउको जानकारी गराएपछि उनीहरुलाई निलम्बनको पत्र काटिएको निगमका मानव संसाधन विभागका प्रमुख अशोक सिग्देलले बताए।
अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको खुलासा यसअघि प्रहरीले गरेको थियो।
Facebook Comments Box