डडेल्धुरा : प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको लिमिटेडले शाखा डडेल्धुरामा बिस्तार गरेको छ।
बुधबार एक कार्यक्रमकाबीच इन्स्योरेन्सको सिइओ नरेशकुमार रोकाले शाखाको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै डडेल्धुरा शाखाका प्रमुख किरन ऐरले सरोकारवाला सबैसँग हातमालो गरेर अगाडि बढ्ने बताए।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड नेपालमा लघुबीमा व्यवसायको विकास, प्रबर्द्धन तथा व्यवस्थापन गरी न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका वासिन्दा तथा सिमान्तकृत समुदायको सम्पत्तिको सुरक्षाको प्रत्याभुति गरी सो वर्गका मानिसहरुको जीवनस्तर माथि उकास्ने मुख्य उद्देश्यसहित सञ्चालनमा आएको जानकारी दिए।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स १२ पाैष २०७९ मा नेपाल सरकार कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भइ नेपाल बिमा प्राधिकरणबाट २८ चैत २०७९ मा लघु निर्जीवन बीमा व्यवसाय संचालन गर्ने ईजाजत पत्र प्राप्त भएको लघुबीमा कम्पनी हो।
यसका शाखाहरू झापा, मोरङ, इटहरी,कोहलपुर, भैरहवा, दाङ, कैलाली, डडेल्धुरा र दार्चुलामा रहेका छन्।