बझाङ : बझाङमा जीप दुर्घटना हुँदा चालक घाइते भएका छन्। जिल्लाको बुंगल नगरपालिका-२ गिरौ सुगर बगर स्थित भित्री कच्चि सडक खण्डमा जीप दुर्घटना भएको हो।
बुंगल नगरपालिका-१ गोइचन बस्ने हर्क बहादुर बोहराले चलाएको से१ज७९४ नम्बरको जीप गरी ब्याक गर्ने क्रममा एक्कासी सडकबाट १०० मिटर तल खसी दुर्घटना हुँदा चालक बोहरा घाइते भएका हुन्।
चालक बोहराको टाँउकोमा चोट लागेको र उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा पठाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
घाइते बोहराको अवस्था मध्यम रहेको छ। आज बिहीबार बिहान साढे ६ बजेको समयमा दुर्घटना भएको र स्थानीयले जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट बिजगडाबाट ३ जनाको प्रहरी टोली घटना स्थलमा खटाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए।
Facebook Comments Box